logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बतासे डाँडामा आमा–छोरीले गरे आत्महत्या


  • राजनीति
  • बिहिबार, जेष्ठ २३ २०७६

पोखरा- ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले आत्महत्या गरेका छन् ।केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले घटनाको पुष्टि गर्दे अनुसन्धान भइरहेको बताए ।उनले भने, ‘भर्खर घटनास्थल पुगेर फर्किँदैछु । विस्तृत अनुसन्धानपछि नै कारण खुल्ला ।’

धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने ८ यार्सा संकलकको मृत्यु

धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका ८ यार्सा संकलकको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा संकलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक लागेर मृत्यु भएको छ ।

जुम्ला गोठीचौर गाउँपालिका–४ का ४४ वर्षीय जयकृष्ण पाण्डे यही जेठ १० मा कागमारास्थित लेकमा भीरबाट लडेर मृत्यु भएको थियो ।

डोल्पा ठूलीभेरी नगरपालिका–११ की ३८ वर्षीया बुद्धिकुमारी कार्कीको जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर निधन भएको थियो । शे–फोक्सुण्डो गाउँपालिकाको प्यारीकोप्कामा जाजरकोटका बारेकोट गाउँपालिका–६ का २२ वर्षीय रमेश चलाउनेको जेठ १७ गते लेक लागेर मृत्यु भएको थियो भने जाजरकोटकै बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकको जेठ १८ गते लेक लागेर मृत्यु भएको थियो ।

रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको डोल्पोबुद्ध गाउँपालिकाको ताक्सीलेकमा जेठ २० गते लेक लागेर मृत्यु भएको थियो । जेठ १९ मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका–५ की ४० वर्षीया धनकला बुढाको मृत्यु भएको थियो । जेठ २० गते काइके गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

फोनको पहुँच नभएका कारण के–कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । सदरमुकाम दुनैभन्दा कयौं टाढा रहेका उच्च हिमालमा यार्सा संकलन हुने भएकाले खबर आदानप्रदान गर्न समस्या भएको हो । यार्सा संकलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर ९ ठाउँमा स्वास्थ्य शिविर राखिएका भएपनि मृत्यु हुनेको संख्या बढिरहेको छ । आधा दर्जन बढी घाइते र बिरामी भएर उपचार भइरहेको छ । डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्बा संकलनको काम भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार