logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मन्त्रालयमा डिआइजीहरु बोलाएर गृह मन्त्री बादलले विप्लव र राजावादी माथी यस्तो गर्न दिए निर्देशन


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

पोखरा– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रदेश प्रहरीका रुपमा सरुवा भएका डिआईजीहरुलाई विप्लव नेकपा र राजावादी गतिविधीमाथी निगरानी बढाउन निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृह मन्त्री बादलले प्रतिपक्षले साना विषय पनि उछालिरहेको भन्दै शान्ति सुरक्षा, सुशासन र जनतालाई प्रभावकारी सेवा प्रवाह हुने गरी काम गर्न निर्देशन पनि दिए।

उनले आफूलाई जिम्मेवार नागरिक ठानेर सचेततापूर्वक काम गर्न र विप्लवका गतिविधि समेत नियन्त्रणमा लिने गरी काम गर्न निर्देशन दिएका छन्। साथै उनले राजावादी र विखण्डनकारीकालाई निगरानी बढाउन भनेको बुझिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार