logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा महानगरपालिकाको हेम्जास्थित २५ नम्बर वडा कार्यालयमा कम्प्युटर चोरी


  • राजनीति
  • शनिबार, असार १४ २०७६

पोखरा- पोखरा महानगरपालिकाको २५ नम्बर वडा कार्यालयमा गए राती चोरी भएको छ।

हेम्जास्थित वडा कार्यालयको मेनगेटको ताला फोरेर सचिवको कार्यकक्ष र प्रशासन कोठाका गरी तीन थान कम्प्युटर चोरी भएको प्रहरीले जनाएको छ।

शनिबार बिहान खबर पाउनेबित्तिकै बगरस्थित वडा प्रहरी कार्यालयबाट टोली घटनास्थल गई अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थल वडा प्रहरी कार्यालयबाट अन्दाजी ७ किलोमिटर उत्तर पर्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार