राजनीति
पोखरा-अबिरल बर्षाको कारण कास्कीको अन्नपूर्ण गाउँपालिका – ११ घान्द्रुकमा पहिरो जाँदा २ घरमा क्षति पुगेको छ भने १ जना घाइते भएका छन् ।
सोमबार राति वर्षाको कारण पहिरो आई घर पछाडीको गाह्रो भत्कदाँ घर धनी ४५ बर्षीय सागर क्षेत्री घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाअेको छ ।
क्षेत्रीलाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा पठाएइको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोमबार राति नै कास्कीको अन्नपूर्ण गाउँपालिका – ४ प्रेम बस्तिमा घरको पछाडिको बारिको कान्ला भत्किदा चेतनाथ सुबेदीको ढुङ्गा माटोले बनेको २ तले कच्चि घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
यसैगरी पर्यटकिय स्थल फेवाताल किनाराको रातो डाँडा क्षेत्रको पक्की सडक गएराति परेको ठुलो बर्षातका कारण भासिएको छ ।
पोखरा पर्यटकिय स्थल फेवाताल किनाराको रातो डाँडा क्षेत्रको पक्की सडक गएराति परेको ठुलो बर्षातका कारण भासिएको छ ।पोखराको फेवाताल किनारा स्थित रातो डाँडा नजिकको सडक करिब २० मिटर भासिएको हो ।
सडक भासिएर आवतजावत गर्ने मार्ग नै भासिदा पनि त्यसलाई मर्मत सम्हार भने कुनै निकायले चासो राख्दा दुर्घटना बढ्ने जोखिम बढेको स्थानियले बताए।पोखराको कमजोर भुभागको कारण बर्षेनी वर्खाको समयमा भसिने खाल्टो पर्ने गरेको छ।