logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एक हजार घुस लिएको आरोप : मालपोतका कर्मचारीले गरे आ’त्मह’त्या


  • राजनीति
  • मंगलबार, असोज ७ २०७६

घुस काण्डमा परेका केही कर्मचारीहरुले आ’त्महत्या गर्न थालेका छन् । एकजनाले त अख्तियार दुूरुपयोग अनुसन्धान आयोगका आयुक्तको नाममा पत्र लेखेर जीवन त्यागेका छन् । अख्तियारले नियन्त्रणमा लिएर छुटेका तीन जनाले यो भन्दा अगाडी आ’त्महत्या गरेका छन् ।

सोही क्रममा सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेमा पनि एक जना कर्मचारीले आ’त्महत्या गरेका छन् । कंलकीस्थित मालपोत कार्यालयमा खरिदार पदमा कार्यरत रामहरि सुवेदीले आ’त्महत्या गरेका हुन् । सुवेदीको पुरानो घर सुनसरी इनरुवा नगरपालिका–५ घर भएपनि पछिल्लो केही वर्षदेखि कटुन्जेमा बस्दै आएका थिए ।

सोमबार दिउँसो करिब २ : ३० तिर ४७ वर्षीय सुवेदीले कटुञ्जेस्थित आफ्नै घरको भ¥याङ्गमा झुण्डिएर आ’त्महत्या गरे । कलंकी मालपोत कार्यालयमा रहँदा गएको असार महिनामा एक हजार रुपैयाँ लिँदै गरेको सीसी क्यामेराको दृश्यमा कैद भएको स्रोतको भनाई छ । छानबिनको क्रममा अख्तियारले उनलाई साउन २२ गते पक्राउ गरेको थियो । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर भदौ ३१ गते सुवेदी धरौटीमा रिहा भएर घर आएका थिए ।

भक्तपुर अस्पतालको परिसरमा मंगलबार रातोपाटीकर्मी पुग्दा आक्रोशित मुद्रामा रहेका सुवेदीका आफन्तको आरोप थियो ‘अख्तियारले पटक-पटक बयान लिँदा मानसिक तनावमा आएर उनले आ’त्महत्या गरे ।’ अबौं, करोडौँ घुस खानेहरुलाई अख्तियारले केही गर्न नसक्ने तर सेवाग्राहीले खुसी भएर एक हजार रुपैयाँ खाजा दिएको कुरालाई घुस भनेर तनाव दिएको आ’त्महत्या गर्न बाध्य बनाएको उनका आफन्तको भनाई छ ।

२०७५ माघ महिनामा सुवेदीका पिताको नि’धन भएको थियो । मृ’तक सुवेदीको श’व भक्तपुर अस्पतालमा पोस्टमर्टमपछि आजै दा’हसंस्कार गरिएको छ । सुवेदीको घरमा वृद्ध आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।

यसअघि पनि त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारी लगायत विभिन्न सरकारी निकायमा कार्यरत ३ जना कर्मचारीले आ’त्महत्या गरेका थिए ।

हेमराज ढकाल ले रातो पाटीमा लेखेकाछन

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार