तनहुँ-छिल्लो समय तनहुँको भानु नगरपालिकामा चितुवा आ’तंक बढ्दै गएको छ । चितुवाले घरबाटै बालबालिकाको ज्या’न लिन थालेपछि स्थानीय त्रसित भएका हुन् ।उपेन्द्र खनालले आजको ईमेज खबर अनलाइनमा समाचार लेखेका छन।
भानु नगरपालिकामा पछिल्लो डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट पाँच बालबालिकाले ज्या’न गुमाएका छन् ।
आक्रमणमा परी ४ जना घाइते भएका छन् । नियन्त्रणमा लिन नसक्दा दिनदहाडै गाउँगाउँमै आएर चितुवाले निरन्तर आक्रमण गरिरहेको हो ।
पछिल्लोे पटक विजयादशमीको दिन पिङ खेल्न गएका जामुनेगैह्राका ४ वर्षीय बालकको चितवनको आक्रमणबाट ज्या’न गएको थियो ।
त्यसपछि जिल्ला प्रशासन र नगरपालिकाको समन्वयमा स्थानीय, जनपद र सशस्त्र प्रहरीले गस्ती गरिरहेका छ ।चितुवा धेरैजसो साँझको समयमा बस्तीतर्फ आउने भएकाले त्रा’स फैलिएको स्थानीयको भनाइ छ ।
ठूलो संख्यामा सुरक्षाकर्मीले जङ्गलमा गस्ती गरे पनि शुक्रबार विहानसम्म चितुवा फेला परेको छैन ।
चितुवालाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालयले जङगलमा दुई वटा फलामको पासो थापेका छन् भने स्थानीयले ९ वटा परम्परागत काठको पासो बनाएर राखेका छन् ।चितुवा आ’तंक बढेपछि नगरपालिकाले अभिभावकलाई बालबच्चा एक्लै नछाड्न आग्रह गरेको छ ।
केही दिनअघि एउटा चितुवालाई पासोमा पारिए पनि आक्रमण नरोकिएकाले सो क्षेत्रमा चितुवाको बथानै हुन सक्ने स्थानीयको आशंका छ ।चितुवाको आक्रमणबाट सुरक्षित बनाउन डिभिजन वन कार्यालय तनहुँले विभिन्न पहल गरिरहेको कार्यालयका प्रमुख केदार बराल बताउँछन् ।
पटकपटक गाउँघरमै आएर चितुवाले बालबालिकाको ज्या’न लिने क्रम बढे पनि यसको विश्वसनीय समाधान भने हुन सकेको छैन ।