logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा भइरहेको साग खेलकुदको सुरक्षा अवस्थाबारे महानिरीक्षक खनालको स्थलगत निरीक्षण


  • आश तमु
  • आइतबार, मंसिर २२ २०७६

पोखरा- नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पोखरामा भइरहेको साग खेलकुदको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन् । आइतबार पोखरा पुगेर खनालले साग खेलकुदका सुरक्षाबारे राखेपका पदाधिकारी र सुरक्षा निकायका अधिकारीहरुसँग जानकारी लिएका हुन् ।

सो क्रममा खनालले विहान सुरक्षा र खेलकुदमा पदाधिकारीसँग विहान अन्तर्क्रिया गरे।

कार्यक्रमममा उनले साग खेलकुदमा सुरक्षा मजबुत बनाउन निर्देशन दिए।
खनालले आइतबार नै वीच भलिवल, बास्केटबल र ह्याण्डबल खेलिने स्थानको अवलोकन पनि गरे। उनले सागका सहभागी हुन आएका श्रीलंकन खेलाडीहरुलाई भेटेर सुरक्षाका बारेमा संक्षित कुराकानी समेत गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार