logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सामाजिक र आर्थिक विकासमा क्रियाशील सङ्घसंस्था राजनीतिबाट मुक्त हुनु पर्छ


  • रासस
  • सोमबार, मंसिर २३ २०७६

पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सामाजिक र आर्थिक विकासमा क्रियाशील विभिन्न सङ्घसंस्था राजनीतिबाटमुक्त हुनुपर्ने बताएका छन् । नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा पहिलो अधिवेशनमा मन्तव्य व्यक्त गर्दै उनले सङ्घ सस्थामा राजनीति हाबी हुँदा उनीहरुले लिएको उद्देश्य पूरा नहुने बताए ।

एक अर्काबीच राजनीति खिचातानीका कारण सङ्घ संस्था धरापमा परेका उदाहरण दिँदै उनले आयुर्वेद औषधि व्यवसायीले आफ्नो गुणस्तर र कामलाई माथि उठाउन आग्रह गरे ।

कार्यक्रममा आयुर्वेद क्षेत्रमा लामो सयमसम्म योगदान दिनुहुने ८७ वर्षीय डाक्टर इन्द्रविलाश आचार्यलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ गण्डकी प्रदेशका संयोजक कृष्ण्प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आयुर्वेद औषधि व्यवसायी महासङ्घका अध्यक्ष जङ्गराज गिरी, स्वास्थ्य निर्देशक डा बुद्धिप्रसाद पण्डित, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष यामनाथ पौडेल, नेपाल उत्पादन सङ्घका रामचन्द्र पन्थी, विष्णु शर्मा चापागाईं, राजुकुमार पौडेललगायतले आयुर्वेदको महत्वमाथि प्रकाश पारेका थिए ।

भेलाले राजकुमार पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धनबहादुर कुमाल, महिला उपाध्यक्षमा गङ्गा लामिछाने, सचिवमा डा दीपक भुषाल, सहसचिवमा विष्णु शर्मा चापागाईँ, कोषाध्यक्षमा रमेश चापागाईँ र सदस्यमा विनिता डुम्रे अर्याल, राजेन्द्र अधिकारी तथा हीराकुमार रहका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार