logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

साँझ देखि हराएका शुक्लागण्डकी रातमाटाका २ बर्षिय बालक विभत्स अवस्थामा मृ’त फेला


  • राजनिती न्युज डेस्क
  • सोमबार, पुष १४ २०७६

तनहुँ – आइतबार साँझ देखि हराएका शुक्लागण्डकी-३,रातमाटाका २ बर्षिय बालक रविन नेपाली विभत्स अवस्थामा मृ’त फेला परेका छन्। घर देखि करिब २ कि।मि माथि ढाङढुङ्ग ठुलोपाखा श्यामपोखरी सामुदायिक वनमा फेला पारिएको हो । श’वको प्रकृति हेर्दा बाघले खाएको हुन सक्ने आंकलन गरिएको उदेनढुङ्गा टोल विकास समितिका अध्यक्ष गोकर्ण पुवरले बताए ।

बालकको टाउको छु’ट्टिएको, पेट तथा ढाडको मासु खाएको र घुडाँ देखि तलको भाग मात्र बाँकी रहेको अवस्थामा बालकको श’व फेला पारिएको पुवरले बताए ।स्थानियवासी र इलाका प्रहरी कार्यालय बेलचौतराका टोलीले सोमबार विहानै देखि खोजी गरेका थिए। अहिले प्रहरीले शवको मुचुल्का तयार गरी गरिरहेको बताइएको छ ।

आइतबार साँझ करिब ६ बजेको समयमा पिडिमा बसेर खाना खाइरहेका बालक घरबाटै हराएका थिए । बालकका आमा लक्ष्मी नेपालीभित्र खाना बनाएर बाहिर निस्किदाँ खाना खाइरहेका छोरा हराएका थिए। यस अघि तनहुँकै भानुमा ६ जना बालबालिकाको बाघको आ’क्रमणबाट ज्यान गएको थियो भने चारजना घाइते भएका छन् ।स्रोत रेडियो ढोरबाराही

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार