logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जग्गाको भाडा छुट दिने उपप्रमुख गुरुङद्वारा घोषणा


  • रासस
  • सोमबार, चैत्र १० २०७६

को’भिड– १९ को जोखिमका कारण व्यवसाय धराशायी बन्दै गएको भन्दै घर भाडामा छुट दिन एक व्यवसायीले गरेको आग्रहलाई यहाँका एक जनप्रतिनिधिले पुरा गरिदिएका छन् ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले वडा नं ६ जरेबरमा आप्म्नो नाममा रहेको निजी जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरिन् ।

सो जग्गाको भाडा प्रतिमहिना ६५ हजार रुपैयाँ रहेको छ । को’रोना भा’इर’सका कारण आर्थिक क्षेत्र अस्तव्यस्त भएको भन्दै उनले व्यवसायीलाई राहतस्वरुप एक महिनाको भाडा नलिने निर्णय गरेको जानकारी दिए ।

गाउँ फर्किने अभियान नै चलेसँगै पोखरा रित्तिँदै गएपछि व्यापार–व्यवसायमा आएको मन्दीका कारण घरभाडा, बैंक ब्याजलगायत विभिन्न क्षेत्रमा छुटको माग गर्दै आएका व्यवसायीलाई यस्ता छुटले राहत पुग्ने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार