logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अलपत्र परेका सबै नेपालीलाई आ आफ्नाे जिल्ला पठाउदै गृह


  • राजनीति
  • शनिबार, चैत्र १५ २०७६

बिश्वभर फैलिएको काेराेना भाइरसका कारण सरकारले नेपाल मा लकडाउनकाे घाेषणा गरेपछि देशभर हरेका नेपालीहरूलाई आफ्नो जिल्लामा पुराउने भएको छ । देशका विभिन्न स्थानमा सन्चालित निर्माण कार्य स्थगित भएपछि अलपत्र परेका नेपालीहरुलाई उनिहरुको जिल्ला पुर्‍याइने भएको हो।

स्थानीय प्रशासन र सुरक्षाकर्मीको समन्वयमा उनिहरुलाई उनिहरुका आआफ्ना जिल्लामा पुर्‍याउन निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म रुपन्देही, बाँके, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, दैलेख, तेह्रथुम लगायतका जिल्लाबाट उद्धार भैसकेको छ भने अन्य जिल्लाहरुमा त्यस्ता अलपत्र परेका नागरिकहरु भए उद्धार गर्ने कार्यमा समन्वय गर्न निर्देशन दिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार