logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तत्काल सरकारले १३ वटा क्षेत्रलाई भने नखोल्ने निर्णय हेर्नुस……..


  • राजनीति
  • बिहिबार, जेष्ठ २९ २०७७

आश तमु ,पोखरा – सरकारले असार १ गते बाट लकडाउन खुकुलो गर्दै लाने निर्णय गरे पनि केही क्षेत्रहरु भने यथावत रुपमै बन्द हुने भएको छ ।

बिहिवार मन्त्रीपरिशदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले जिमखाना, सपिग मल, समूहमा खेलिने खेलमैदान र प्रस्तुतीहरु र सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु र क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न नपाइने बताएका छन्।

सरकारले १३ वटा क्षेत्रलाई भने तत्कालन नखोल्ने निर्णय गरेको छ।

ती निम्नअनुसार छन्:

शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र,

अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तर्राष्ट्रिय उडान,

तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,

सबै प्रकारका तालिम, गोष्ठी, सभा र सेमिनार,

सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,

सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,

सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना, सैलुन र ब्युटीपार्लर,

स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,

सपिङ महल,

समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,

सबै धार्मिक तथा सार्वजनिक स्थलहरु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार