राजनीति
गुल्मी – पहिरोले जिप पुर्दा गुल्मीमा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिँदा चालक प्रदीप पुन र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलका अनुसार जिप मदाने गाउँपालिका पुर्कोट दहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो ।
घाइते रमेश रानालाई र्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको र अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको उनले बताए।