आश तमु , पोखरा – पोखरामा उपचारका क्रममा मृत्यु भएका दोस्रो व्यक्ति स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको श’व व्यवस्थापन गर्ने क्रममा समेत कास्की प्रशासनलाई टाउको दुखाई बनेको छ ।
वुधवार राती पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेनमा उपचार गराईरहेका पुरुषको नि’धन भए पछी श’वलाई व्यवस्थापन गर्न खोज्दा पोखरा महानगरपालिका ३२ साविक लेखनाथ नगरपालिकाका स्थानीयबासीहरुले विहानै देखि अवरोध गरेको छ ।
अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार एक दिनलाई मात्रै आकस्मिक बाहेक सेवा रोकिने छ । म’त्यु भएका कोरोना संक्रमित बिरामी स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुष मधुमेह र निमोनियाका समेत बिरामी थिए।
बिहानै देखि स्थानीयबासीहरुले मजुवामा श’व व्यवस्थापन गर्ने विषयमा प्रशासनले खबर र समन्वय नगरेको भन्दै वाटोमा टायर बा’लेर बाटो छेेकि अवरोध जनाएका हुन ।
घटनाले कोरोना संक्रमणबाट मृ’त्यु भएको श’व व्यवस्थापनमा गण्डकी प्रदेशको तयारी कमजोर पनि देखिएको प्रमाणित भएको छ।
यस अघि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृ’त्यु भएका स्याङ्जा वालिङका ६० वर्षीय पुरुषको श’व करिव १९ घण्टा देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन वार्डमा नै रह्यो ।आइतबार राति ११ः३० बजे मृ’त्यु भएका गुरुङ थर भएका ती पुरुषको शव करिब ६ः३० बजेतिर मात्रै व्यवस्थापन भयो । तर श’वलाई व्यवस्थापन गर्न भने प्रशाशनलाई टाउको दुखाइ कै बिषय बन्यो । एका तिर श’व व्यवस्थापनको लागी ठाउँको खोजी अर्को तर्फ जता जतै स्थानीयको विरोध ।
यस विषयमा जिज्ञासा राख्दा पोखरा महानगरपालिका स्रोतका अनुसार महानगरपालिकाले रोजेको ठाउँमा स्थानीयहरुले श’व गाड्न नदिने भन्दै विरोध जनाएपछि अझैसम्म पनि कहाँ लैजाने भन्ने टुंगो लाग्न सकेको थिएन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले कोरोना संक्रमितको मृ’त्यु भएपछि समबन्धित निकाए लाई राती नै खबर गराईसकेको बताएका थिए ।
जेठ २२ गते सुनौली नाकाबाट उद्दार गरिएका वालिङ नगरपालिकाका उनलाई २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा भर्ना गरिएको थियो । उनमा कोरोना संक्रमण भएको आइतबार पुष्टि भयो भने राति उपचारका क्रममा मृ’त्यु भएको थियो ।
कोरोनाबाट मृ’त्यु भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार घा’ट खोज्ने जिम्मा पाएका पोखरा महानगरपालिकाले पोखरा लेखनाथ स्थित रिठ्टेपानी पोखरा १५ स्थित हरियो खर्क र पोखरा ११ स्थित सेतीको घा’ट प्रस्ताव गरे। नेपाल प्रहरी उपयुक्त स्थान हेर्न पुग्दा स्थानीयहरुले विरोध गरे । अन्तमा पोखरा ११ र २० को सिमाना स्थित मणिपाल शिक्षण अस्पतालको तल सेती घाटमा श’व व्यवस्थापन गर्ने निर्णय लगतै व्यवस्थापन गर्ने जिम्मा पाएका पोखरा फूलबारीस्थित भगवती दल गणका नेपाली सेनाले श’व व्यवस्थापन गरे ।
नेपाली सेनाले श’व गाड्न खाल्डो खनेर ठिक्क पारिसके पछी तर वडा नम्बर ११ र २० का वासिन्दाले भने विरोध गरे । सेती किनारमा श’व गाड्दा आफूहरुलाई जोखिम हुने भन्दै विरोध गरेका स्थानीयहरुलाई साथ दिन पोखरा महानगरको वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ, प्रदेश सांसद विन्दुकुमार थापा पनि पुगे । स्थानीय वासिन्दाले पटकपटक अवरोध गरेपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको थियो । श’व बोकेको गाडीको बाटो नै विरोध गर्नेहरुले छेक्न आएपछि प्रहरीले लाठी चार्जसमेत गर्यो । प्रहरीको लाठीचार्जबाट वडाध्यक्ष बास्तोलासहित केही स्थानीय सामान्य घाइते भए भने प्रहरी तर्फ पनि एक प्रहरी निरीक्षक लगाएत केही प्रहरी पनि घाइते भए ।