पोखरा – गण्डकी प्रदेशमा शनिवार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा १२ महिने शिशुसहित २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनी अहिले क्वारेन्टिनमै रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
कोरोना संक्रमित १२ महिने शिशु बुवा-आमासहित जेठ ३१ गते दिल्लीबाट नेपाल आएको पाइएको छ ।संक्रमित शिशुको बुवा-आमालाई संक्रमण भएनभएको भन्नेबारे भने गण्डकी स्वास्थ्य निर्देशनालयबाट जानकारी आउन बाँकी रहेको छ ।
शनिबार कोरोना संक्रमण पुष्टि भएका सबै जेठ ३१ गते १२ महिने शिशुसहित एउटै गाडीमा आएका थिए । सोही गाडीमा आएका ४१ जनाको स्वाब संकलन गरी असार ५ गते परीक्षणका लागि पोखरा पठाइएको थियो ।
उनीहरुको स्वाब परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएकोमा ४१ जनाको स्वाब परीक्षणमा २२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । अर्जुन चौपारी गाउँपालिकाको क्वारेन्टिनमा अहिले ९२ जना छन् । उनीहरु सबै भारत लगायत बाहिरी जिल्लाबाट आएका हुन् ।