logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जाजरकोटको बारेकोट सार्कीगाउँमा दुई घर बगाउँदा १२ जना बेपत्ता


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असार २६ २०७७

जाजरकोट – विहिवार राती देखी परेको अविरल वर्षाका कारण पहिरो जादाँ जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा दुई घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा ५२ वर्षीय गोपाल सार्की , उनकी ५० वर्षीया श्रीमती पुष्षा सार्की , १३ वर्षीया छोरी लक्ष्मी सार्की , ११ वर्षीय छोरा अर्जुन सार्की रहेका छन् ।

अर्को घरका कालु सार्की उनकी ११ वर्षीया छोरी कमला सार्की , ६ वर्षीय छोरा सुभास सार्की रहेका छन् । त्यस्तै पाहुना आएका कुशे गाउँपालिका ९ चौताराका २० वर्षीय डिल्ली सार्की , १४ वर्षीया गौरी सार्की ,१६ वर्षीया कविता सार्की,१८ वर्षीय बीरेन्द्र सार्की वेपता भएको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार