logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा पृथ्वीचोकमा दम्पती सवार मोटरसाईकल दुर्घटना


  • राजनीति
  • शुक्रबार, साउन ९ २०७७

आश तमु पोखरा – पृथ्वीचोकमा मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दम्पती घाइते भएका छन ।

सृजनाचोकबाट पृथ्वीचोक तर्फ जाँदै गरेको लु २५ प ५१८१ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार मोटरसाईकल चालक जिल्ला रुपन्देही घर भई हाल पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने अन्दाजी वर्ष ५० को देवानन्द भट्टराई र निजका श्रीमती कल्पना भट्टराई घाइते भएका छन ।

विहिवार साझँ करिव ८ :३० को समयमा उक्त दुर्घटना भएको र चालकका श्रीमति कल्पनाको अवस्था गम्भिर रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार