राजनीति
कञ्चनपुर – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) आबद्ध विद्यार्थीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको हो ।नेविसङ्घ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय समितिका संयोजक कैलाश चन्दले तीन महीनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको बताए ।
‘विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठको पदाअवधि छँदाछँदै प्राध्यापक डा पूर्णबहादुर चन्दलाई निमित्त उपकुलपति तोकेपछि आन्दोलनमा उत्रिएका हौं,’ उनले भने, ‘विश्वविद्यालयको स्वायत्तता र ऐन नियमको अवमूल्यन गरिएको छ । यसैका विरुद्ध हाम्रो आन्दोलन हो ।’
निर्णय नसच्याउँदासम्म तालाबन्दीलगायतका आन्दोलनका कार्यक्रम जारी रहने नेविसङ्घले जनाएको छ ।