राजनीति
पूर्वाञ्चल विश्वविद्यालय (पीयू)का प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई ६ लाख ७५ हजार घुससहित शेर्पा मलबाट पक्राउ गरेको हो । उनले स्तुपा कलेज, बौद्धका विद्यार्थीहरुको समस्या समाधान गरिदिने भन्दै घुस लिएका थिए ।
डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख ९ लाख घुस सहित पक्राउ
पोखरा- अख्तियार टोलीले डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुखलाई घुस सहित पक्राउ गरेका छन् । कार्यालयका प्रमुख तथा इन्जिनियरलाई पक्राउ गरेको अख्तियार टोलीले साँझ प्रुष्टी गरेको हो ।
साँझ उनीहरुलाई कार्यालय प्रमुख हरिकुमार पोखरेलकै निवासबाट ९ लाख रुपैयाँसहित पक्राउ गरिएको हो । कार्यालय प्रमुखसहित पवित्रमणि पौडेललाई पनि पक्राउपरेका छन ।
बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का पाएको जिएमआर कम्पनिका ठेकेदार ऋषि आचार्य र इन्जिनियर पबित्रमणि आचार्य पैसा बोकेर प्रमुख हरिप्रसादको निवासमा जाने क्रममा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ऋषि आचार्यले झोलामा लगेको पैसा कार्यालय प्रमुख पोखरेलका भान्छेलाई दिन लागेको बेला उनीहरु पक्राउ परेका हुन् । बाटोको ठेक्का दिँदा कार्यालय प्रमुखसहित आर्थिक प्रलोभनमा परी रकम लेनदेन भएको अख्तियारको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।