logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

शिक्षाका सबै सहसचिवहरुको सरुवा, को कहाँ पुगे ? (सुचीसहित)


  • राजनीति
  • बुधबार, असोज ८ २०७६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र त्यस अन्तर्गतका निकायका सहसचिवहरुको सरुवा भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलका स्वकीय सचिव पुरन केसीले दिएको जानकारी अनुसार शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालको शिक्षक सेवा आयोगमा सरुवा भएको छ ।

कमलप्रसाद पोखरेल मन्त्रालयमा र मन्त्रालयका हरि लम्साललाई चिकित्सा शिक्षा आयोगमा सरुवा गरिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका दिपक शर्मालाई शिक्षा मन्त्रालयमा, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सिएलपिआइयुका इमनारायण श्रेष्ठलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्दका चुडामणि पौडेललाई भने सिएलपिआइयुमा सरुवा गरिएको छ । इभेन्ट परियोजनाका केशव दाहाललाई शैक्षिक गुणस्तर परिक्षण केन्द्र, चिकित्सा शिक्षा आयोगका चन्द्रकान्त भुसाललाई इभेन्ट परियोजना, खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा सरुवा गरिएको छ ।

एक वर्षभित्र अवकास पाउनेने बाबुराम पौडेल र डा लेखनाथ पौडेललाई तथा सरुवा भएको एक वर्षभन्दा बढी अवधि नपुगेकाहरुलाई भने सरुवा नगरिएको मन्त्रीका स्वकीय सचिव केसीले जानकारी दिएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार