logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्याम्पस प्रमुखको राजीनामा माग गर्दै अखिलले गरे कार्यकक्षमा तालाबन्दी अनि तोडफोड


  • राजनिती न्युज डेस्क
  • मंगलबार, माघ १४ २०७६

इलाम- मंगलबार इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडबाट क्याम्पसका दुईओटा झ्यालका सिसा फुटेका छन् ।

क्याम्पस प्रमुख रामप्रसाद गुरागाइँले घटनालगत्तै पटक–पटक खबर गर्दासमेत प्रहरी आएर कारबाही अघि नबढाएकाले क्षतिको विवरण थाहा हुन नसकेको बताएका छन ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पस प्रमुखको राजीनामालगायतका १८ बुँदे माग गर्दै ५० दिनदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

तालाबन्दीका कारण नियमित पठनपाठनमासमेत बाधा भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार