logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माफियाको सेखी झार्ने भन्दै मान्यता थापाको यस्तो चेतावनी


  • राजनीति
  • बिहिबार, कार्तिक २७ २०७७

चिकित्सा शिक्षा संघर्ष समितिका अगुवा तथा चितवन मेडिकल कलेजका बिद्यार्थी मान्यता थापाले मेडिकल माफियाको सेखी झार्ने बताएकीछ्न । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस अप्लोड गरेर सत्ताको भरमा लुटपाट गर्नेहरुलाइ कुनै पनि मुल्यमा नछाड्ने चेतावनी दिएकी छन ।

मान्यताले आफूलाई जनताको सेवक हु राष्ट्रको सेवक हु भन्ने खुखार माफियाहरुले हाम्रो देशको स्वास्थ्य प्रणालीलाई पुरै तहसनहस पारिसके भन्दै दुःखी गरिब नेपाली जनतालाई कहिले उपचारको नाममा कहिले शिक्षा दिने नाममा संविधान र बिधिलाई किचेरको तर्क गरेकीछन

उनले भनेकीछन कहिले सत्ताधारीलाई मार्सि चामल खूवाएर, कहिले उनीहरूको उपचार खर्च त कहिले चुनावी खर्च बेहोरेर पुरै लुटीसके। राज्य भने आफ्नो मान्यता विपरीत जानेहरुलाई लागाम लगाउनु परको कुरो अझै उनीहरूको संरक्षण गर्न मै ब्यस्त रहेको जिकिर गरेकी हुन ।

मान्यताले जुनसुकै अवस्थामा पनि माफियालाइ नछाड्ने भन्दै यस्तो लेखेकीछ्न ‘याद गर बेलगामी घोडाहरु सत्ताको न्यानो एकछिनको मुतको न्यानो मात्र हो, हामी युवाहरुलाई मृ’त्यु स्वीकार्य छ तर तिमीहरु बिरुद्धको सङ्घर्षलाई हामी निर्णायक बनाउने छौ र तिमीहरुको पैसा र शक्तिको सेखि जसरीपनि झार्नेछौ।’

साथै मान्यताले अहिलेको सरकार संविधान नमान्ने माफिया र माफियाबाट चल्ने सरकार भएको धारणा व्यक्त गरेकी हुन

मान्यता थापाको फेसबुक स्टाटस यस्तो छ

आफूलाई जनताको सेवक हु राष्ट्रको सेवक हु भन्ने खुखार माफियाहरुले हाम्रो देशको स्वास्थ्य प्रणालीलाई पुरै तहसनहस पारिसके, दुःखी गरिब नेपाली जनतालाई कहिले उपचारको नाममा कहिले शिक्षा दिने नाममा संविधान र बिधिलाई किचेर कहिले सत्ताधारीलाई मार्सि चामल खूवाएर, कहिले उनीहरूको उपचार खर्च त कहिले चुनावी खर्च बेहोरेर पुरै लुटीसके। राज्य भने आफ्नो मान्यता विपरीत जानेहरुलाई लागाम लगाउनु तँ परको कुरो अझै उनीहरूको संरक्षण गर्न मै ब्येस्त छ। तर याद गर बेलगामी घोडाहरु सत्ताको न्यानो एकछिनको मुतको न्यानो मात्र हो, हामी युवाहरुलाई मृ’त्यु स्वीकार्य छ तर तिमीहरु बिरुद्धको सङ्घर्षलाई हामी निर्णायक बनाउने छौ र तिमीहरुको पैसा र शक्तिको सेखि जसरीपनि झार्नेछौ।
#संविधान_नमान्ने_माफिया_माफियाबाट_चल्ने_सरकार ।।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार