नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’को नाता सम्बन्ध अब नेपालको कुलीन घराना मानिने राणा परिवारसँग गाँसिएको छ । उनकी छोरी कविता शर्माले चितवनका आलोकप्रताप राणासँग बिहे गरेपछि प्रभाकर अब राणा परिवारका सम्धी बनेका छन् ।
कविता र आलोकले अमेरिकामा बिहे गरेका छन् । बिहेमा दुवै परिवारका अभिभावक सहभागी भए । जनार्दन नेकपाको स्थायी कमिटीको बैठक छाडेर छोरीको बिहेमा सहभागी हुन अमेरिका पुगेका छन् ।

आलोक र जनार्दनको नामबाट जन्मियो ‘एजे इन्टरनेशनल’
कविता र आलोक प्रेम सम्बन्धमा रमाइरहेका थिए । यो सम्बन्धमा अझ बढी रौनकता त त्यतिबेला थपियो, जतिबेला आलोक र जनार्दनको नामबाट एक कम्पनी खडा भयो ।
आलोकको अंग्रेजी नामको अगाडिको अक्षर ‘ए’ र जनार्दनको अगाडिको अक्षर ‘जे’लाई आपसमा जोडेर उनीहरुले ‘एजे इन्टरनेशनल प्रालि’ नामक इभेन्ट म्यानेजमेन्ट कम्पनी खोले । यसको नामबाट दशैं, होलीलगायतका चाडमा सांगीतिक कार्यक्रमहरु आयोजना गरियो ।
इभेन्ट म्यानेजमेन्ट कम्पनी खुलेन मात्र, जनार्दन शर्माकी छोरी कविताले म्युजिक भिडियोमा मोडलिङसमेत गरिन् । तर, म्युजिक भिडियोमा खेल्न थालेपछि उनले आफ्नो वास्तविक नाम ‘कविता’लाई बदलेर ‘काव्यता’ राखिन् । अहिलेको उनको नाम फेसबुकमा पनि ‘काव्यता’ नै छ ।
प्रभाकरकी छोरीले अभिनय गरेको ‘कसरी बुझाउँ यो मन…’ बोलको म्युजिक भिडियो युट्युबमा हेर्न सकिन्छ