logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मंगलवार सुनको मूल्य प्रति तोला ७१ हजार रुपैयाँ


  • राजनीति
  • मंगलबार, साउन २८ २०७६

पोखरा- आज मंगलवार सुनको मूल्य प्रति तोला ७१ हजार रुपैयाँ पुगेको छ । तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेर ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ छ भने तेजाबी सुन प्रतितोला ७० हजार ७ सय पुगेको छ । चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबारको तुलनामा छापावल र तेजावी सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको हो । चाँदीमा पनि प्रतितोला १० रुपैयाँ बढेको छ । पछिल्लो एक महिलाको सुनको मूल्य प्रति तोला ६ हजार ३ सय रुपैयाँ बढेको छ ।

सुनको मूल्य बढेपछि सुन किन्ने भन्दा बेच्नेहरु बढी आएको व्यवसायीहरुले बताएका छन् । बजारमा सुनको माग ७५ प्रतिशतले घटेको छ।

अमेरिका र चीनबीचको व्यापार युद्धसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौंती गरेपछि सुनको मूल्य निरन्तर उकालो लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार