राजनीति
भारत- तिब्बती धर्म गुरु दलाइ लामाको स्वास्थ्यमा समस्या आए पछी अस्पतालमा भर्ना गरिएको छ । भारत निर्वासनमा रहेका धर्म गुरु लामालाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको हो ।
छातीमा संक्रमण देखिएको उनका निजी सहयोगीले बताएका छन । उनको अवस्था अहिले स्थिर रहेको लामाका निजी सहयोगी तेन्जिङ ताक्ल्हाले बताएको बिबिसले उल्लेख गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि८३ वर्षका लामालाई विमान मार्फत दिल्ली लगिएको हो ।
उनी गएको ६० वर्षदेखि भारत निर्वासनमा छन । तिब्बतलाई स्वतन्त्र देशको मान्यता दिलाउन लागि परेका लामालाई चीनले आफ्नो शत्रुका रुपमा लिने गरेको छ । लामा कुशल वक्ता पनि हुन् । तर उनले पछिल्ला वर्षमा सार्वजनिक कार्यक्रम कम गरेका छन् ।