logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उपचार खर्च तिर्न नसक्दा बी एन्ड सी अस्पतालले विरामीलाई बन्धक


  • राजनीति
  • बिहिबार, बैशाख १९ २०७६

उपचार खर्च नतिरेको भन्दै विर्तामोड स्थित बी एन्ड सी अस्पतालले एक विरामीलाई बन्धक बनाएको छ । जिल्लाको पाथीभरा याङ्बरक गाउँपालिका २ थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा बुझाउन नसक्दा स्वस्थ भए पनि घर जान पाएका छैनन् ।

संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्या उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्थास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर यो हकको प्रयोग गर्न दिइएन ।

२०७५ मंसिर २६ गते झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना भएका लिम्बू उपचारबापत लागेको खर्च बुझाउन नसक्दा १५ दिनदेखि अस्पतालकै शय्यामा बन्धक छन् । अहिले उनको स्वास्थ्यमा भने सुधधार आएका खबर आजको नागरिक दैनिकले लेखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार