logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाकाे अपिल, उच्च सतर्कता अपनाउनुहाेस्


  • राजनीति
  • शनिबार, चैत्र ८ २०७६

विप्लव निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले  प्रेस जारी  गर्दै  काेराेना भाइरसवारे मलेसियामा रहने नेपाली लाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै  विश्व भर भयभित बनाएको COVID 19 कोरना भाईरसले मलेसियामा पनि COVID 19 कोरना भाईरसले विकराल रुप लिदै आजको मितिसम्म मात्र १०३० जनामा संक्रमित र ३ जनाको मृत्यु भैसकेको खबर आएको छ।यश संबेदनसिल घडीमा मलेसियामा अत्याधिक मात्रामा संक्रमनको तिब्रता बढ्दै गएकाले गत 18 मार्च 2020 देखि मलेसियाको सरकारले 31 मार्च 2020 सम्मको लागि पुरै देश Lockdown गरेको छ। साथै मलेसिया सरकारले विभिन्न निमयहरु लागू गरेको सुचना हजुरहरु समक्ष जानकारी गराउन चाहन्छौं ।

 

१- मलेसियामा अति आवस्यक सेवा प्रदान गर्ने सरकारी कार्यलय बाहेक अन्य सबै कार्यलयहरु र कम्पनी हरु बन्द हुनेछन् ।

२- कलेज बिधालय तथा शैक्षिक संस्था विश्व बिधालय सबै बन्द छन।

३- जमघट तथा समाजिक भेटघाट गर्ने क्रियाकलापमा बन्देज लगाईएको छ।

४-मलेसियामा आउने सबै बिदेशी नागरिक हरुलाई 18 मार्च 2020 देखि 31 मार्च 2020 सम्मको लागि रोक लगाईएको छ।

५- दैनिकी उपभोगका सामाग्री र सेवा प्रदान गर्ने अस्पताल ,मेडिकल ,सुपरमार्केट , यातायात ,प्रहरी ,र महत्त्वपूर्ण सेवा दिने निकायहरू भने खुल्ला हुनेछन् ।

६- नेपाल फिर्ता जाने सम्बन्धमा पनि नेपाल सरकार बाट पनि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द भएको र मलेसिया बाट उडान हुने सम्पूर्ण उडान अर्को सुचना लागू नहुदासम्म रद्व भएको जानकारी छ।

७- सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु आफ्नो बस्ने स्थान कोठा भन्दा बाहिर जथाभावी हिडडुल नगर्नु होला ।मलेसियाको कानुन बमोजिम तपाईं हामी बस्नुपर्नेछ।तर्सथ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी शरु मलेसिया सरकार र कम्पनी को निमय बमोजिम रहि आफ्नो स्वास्यमा विशेष ध्यान दिनुहुना हार्दिक अनुरोध गर्दैछौं ।

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार