logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१४ जना सांसदलाई काेराेना पुष्टि


  • राजनीति
  • शुक्रबार, बैशाख २४ २०७८

OMSK, RUSSIA - JANUARY 28, 2020: An employee of the Transmissive Viral Infections Laboratory of the Omsk Research Institute of natural focal infections. The lab has designed a testing system that allows to diagnose coronavirus in 7-8 hours. Yevgeny Sofiychuk/TASS Ðîññèÿ. Îìñê. Ñîòðóäíèöà ëàáîðàòîðèè òðàíñìèññèâíûõ âèðóñíûõ èíôåêöèé Îìñêîãî íàó÷íî-èññëåäîâàòåëüñêîãî èíñòèòóòà ïðèðîäíî-î÷àãîâûõ èíôåêöèé.  ëàáîðàòîðèè ðàçðàáîòàëè ñèñòåìó òåñòèðîâàíèÿ, áëàãîäàðÿ êîòîðîé ìîæíî äèàãíîñòèðîâàòü êîðîíàâèðóñ çà 7-8 ÷àñîâ. Åâãåíèé Ñîôèé÷óê/ÒÀÑÑ

संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा सांसद १४ जना र संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि वैशाख २२,२३ र २४ गते संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो ।

वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना र २४ गते करिब १०० जनाको स्वाब संकलन गरिएको थियो । स्वाब दिएकामध्ये कतिपयको भने रिपोर्ट आउनै बाँकी रहेको संसद सचिवालयका एक अधिकारीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार