logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भारतीय विमानले खसालेको बमले सल्लाका रुखहरु भाच्ने बाहेक केहि भएन (तस्वीर सहित)


  • राजनीति
  • बुधबार, फाल्गुन १५ २०७५

भारतले मंगलबार पाकिस्तानी भूमिमा वायु यानद्वारा बम हमला गरेको र करिब ३ सय आतंककारी मारिएको बताए पनि पाकिस्तान सरकारले कुनै मानवीय क्षति नभएको बताएको छ ।

भारतीय विमान पाकिस्तानी नियन्त्रण रेखाभित्र बालाकोट क्षेत्रमा प्रवेश गरेको भन्दै पाकिस्तानले आपत्ति जनाएको छ ।

यसैवीच पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्विटमार्फत ४ वटा तस्वीरहरु सार्वजनिक गरेका छन् । ती तस्वीरमा भारतीय विमानले खसालेको बमले सल्लाका केही रुखहरु भाचिएका र जमीनमा खाल्डो परेको देखाइएको छ । साथै भारतीय विमानले खसाएको पेलोडको टुक्रासमेत तस्वीरमा देखाइएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता गफूरले भारतलाई पाकिस्तानले जवाफ दिने बताएका छन् । मंगलबार नै पाकिस्तानी सुरक्षा परिषदको आपतकालीन बैठक बसेको छ ।

पाकिस्तानी मिडियाहरुले पनि भारतीय विमान नियन्त्रण रेखाभित्र प्रवेश गरेको तर, कुनै मानवीय क्षति नभएको बताएका छन् ।

भारतीय मिडियाले भने तीन सय आतंककारी मारिएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार