राजनीति
मनिला – मङ्गलबार मध्याह्न फिलिपिन्सको समार प्रान्तमा पुनः ६।२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रलेजनाएको छ ।
भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
यसैबीच, सोमबारको भूकम्पबाट ज्यान गुमाउनेकाे संख्या ११ पुग्नुका साथै २४ जना हराइरहेको फिलिपिनी अधिकारीहरुले बताएका छन् । निकै ठूलो जनधनको क्षति गरेको त्यस भूकम्पबाट भएको मानवीय क्षति अझ बढ्न सक्ने बताइएको छ ।
शहरमा सुरक्षाकर्मी एवं स्थानीय व्यक्तिहरुले रातभर उद्धारका काम गरेका छन् । भूकम्पको परकम्प ४०० पटकभन्दा बढी अनुभव गरिएको छ ।अमेरिकी भौगर्भिक सर्भेको प्रारम्भिक अनुमान अनुसार भूकम्पबाट करिब चार करोड ९० लाख मानिस प्रभावित भएका छन् ।
राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर सोमबार ५।७ म्याग्निच्यूडको भूकम्पका कारण भवनहरु भत्किएको स्थानीय अधिकारीले बताएका छन् ।
साँझको समयमा आएको भूकम्पका कारण शहरी क्षेत्रमा विद्युत सेवा अवरूद्ध बन्दा कतिपय स्थानमा उद्धार कार्यसमेत प्रभावित बनेको उहाँले बताउनुभयो ।