logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पहिरनले गर्दा विमान चढ्न पाइनन् यी २१ वर्षीया युवती, कस्तो थियो त ?


  • एजेन्सी
  • बिहिबार, जेष्ठ ३० २०७६

कहिलेकाँही विचित्र घटना देख्न र सुन्न पाइन्छ । हालै ब्रिटेनमा एउटा यस्तो रोचक घटना भयो जहाँ एउटा युवतीले आफ्नै पहिरनका कारण झण्डै विमानको यात्रा नै गुमाउनु परेको थियो ।

बर्मिंघम एयरपोर्टमा एक युवतीले छोटो कपडा लगाएको भन्दै विमान चढ्न दिइएन । एयरलाइन्सका कर्मचारीले उनको पहिरनलाई ‘भड्किलो’ भन्दै विमानभित्र प्रवेशमा रोक लगाएका थिए ।

उनलाई कर्मचारीले दुइ विकल्प दिए कि त आफ्नो शरीर ढाक्ने लुगा लगाऊ कि त विमान सवार नगर । बर्मिंघम एयरपोर्टमा २१ बर्षीय युवती आफ्नो परिवारसंग स्पेनको कैनेरी आइलैंड जान लागेकी थिइन। तर थोमस कुक एयरलाइन्सका कर्मचारीले कपडा छोटो देखेर बिमानमा चढ्न नै दिएन।

मिरर यूकेको रिपोर्ट अनुसार युवतीलाई एयरपोर्टमा सुरक्षा जांचमा रोकेन तर बिमानमा चढ्न लागेको बेला थोमस कुक एयरलाइन्सका चार कर्मचारीले कपडा भएन भन्दै फिर्ता पठाएका थिए।

यवती भन्छिन ‘यो मेरो जीवनको सबै भन्दा खराब पल हो।’ युवतीले लैंगिक भेदभावको आरोप लगाएकी छिन् । उनकै पछाडी उभिएको एक व्यक्तिलाई कपडा फेर्न लगाइन जबकी उनले सर्ट र वेस्ट टप लगाएकी थिइन् । युवतीले यो नराम्रो अनुभव ट्वीटर मार्फत शेयर गरेकी छिन। जुन अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

एमिलि ओकोनोर नामकी युवतीले कपडा फेर्न नमानेपछि एयरलाइन्सका एक कर्मचारीले उनको ब्यागसहित बाहिर निकाली दिएका थिए। त्यसपछि उनकै परिवारका एक सदस्यको ज्याकेट लगाएर उनले विमान चढेकी थिइन् ।

एमिलीको ट्वीटपछि भने यस्तो असंवेदनशील व्यवहार देखेर सबैले थामस कुक एयरलाइन्सको आलोचना गरे । त्यसपछि एयरलाइन्सको प्रवक्ताले युवतीसंग व्यक्तिगत र आधिकारिक बयान जारी गरि माफी मागेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार