logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बिश्वमा सबभन्दा बढी तलव खाने ५ राष्ट्र प्रमुखहरु, कस्काे तलव कति ?


  • राजनीति
  • आइतबार, असार १ २०७६

हाम्रो मुलुकमा मन्त्री देखी प्रधानमन्त्री सम्मको तलव र सेवा सुबिधालाइ लिएर पटक पटक बिबाद र बिरोध हुदै आएको छ । समान्यत आर्थिक रूपमा बलिया देशहरूमा प्रतिब्याक्ति आय उच्च हुन्छ ।  सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरूको पारिश्रमिक त्यस्ता देशमा धेरै हुन्छ । संसारका सबैभन्दा धेरै तलब लिने सरकार प्रमुखहरूको बारेमा चर्चा गर्दैछौं ।

१. स्कट मोरिसन (अष्ट्रेलियाका प्रधानमन्त्री)

प्रधानमन्त्री स्कट मोरिसन अष्ट्रेलियाका नागरिकहरूको औसत आय भन्दा सात गुणा बढी पारिश्रमिक लिन्छन् । स्कटले विश्वविद्यालय, राष्ट्रिय नीति र अनुसन्धान मन्त्रालय अन्तर्गत प्रोपर्टी काउन्सिल अफ अस्ट्रेलियामा एक दशक काम गरेका थिए ।

वार्षिक वेतन : $ 378,415( रु ४ करोड २३ लाख)कार्यालय समय : सन् २०१५ -२०१८प्रति व्यक्ति आय / जीडीपी: $ 46,554 (रु  ५२ लाख ७ हजार  )

२. डोनाल्ड ट्रम्प (अमेरिकाकी राष्ट्रपति)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चार करोड भन्दा धेरै वार्षिक तलब छ । उनको तलब औसत अमेरिकी नागरिकको आय भन्दा लगभग ७ गुणा धेरै हो । ट्रम्पले आफ्नो कार्यकालमा तलब नलिने घोषणा गरिसकेका छन् ।

वार्षिक वेतन : $ 400,000 ( रु ४ करोड  ४८ लाख ) कार्यालय समय : सन् २०१७ – हाल सम्मप्रति व्यक्ति आय/जीडीपी: $ 54,440 (रु ६० लाख ९० हजार )

३. उली मुरर (स्विट्जरल्याण्ड राष्ट्रपति)

स्विट्जरल्याण्ड राष्ट्रपति उली मुरर प्रति वर्ष झन्डै रु ५ करोड ४० लाख आम्दानी गर्छन् ।आर्थिक सहकार्य र विकासको संगठन(ओईसीडी)मा आबद्ध ३६ देशहरू मध्ये सबैभन्दा धेरै आम्दानी गर्ने सरकार प्रमुखमा मुरर पहिलो नम्बरमा पर्छन् । ओईसीडी ३६ सर्वोच्च आय अर्थव्यवस्था भएका देशहरूको एक अन्तर्राष्ट्रिय संस्था हो . जसले विश्वव्यापी रूपमा लोकतान्त्रिक सरकारहरूको पारदर्शिताका लागि पहल गर्छ ।

वार्षिक वेतन : $ 482,958 (रु ५ करोड ४० लाख ) कार्यालय समय : सन् २०१९ – हाल सम्मप्रति व्यक्ति आय/ जीडीपी: $ 56,473 ( रु ६३ लाख २५ हजार )

४. कैरी लाम (हङकङका मुख्य कार्यकारी)

चीन प्रशासित हङकङमा मुख्य कार्यकारीको रुपमा सरकार प्रमुख रहने व्यवस्था छ । कैरी लाम संसारमा सबैभन्दा धेरै तलब लिने सरकार प्रमुख मध्ये दोस्रो नम्बरमा पर्छिन ।

वार्षिक वेतन : $ 568,400 ( रु ६ करोड ३७ लाख ) समयको कार्यालय: सन् २०१७ – हाल सम्मप्रति व्यक्ति आय/ जीडीपी: $ 57,081 (रु ६३ लाख ९३ हजार )

५. ली हस्निया लोङ्ग (सिङ्गापुरका प्रधानमन्त्री)

सिङ्गापुरका प्रधानमन्त्री ली हस्निया लोङ्गले जिडिपिको तुलनामा नागरिकको आम्दानीको औसत भन्दा २० गुणा धेरै पारिश्रमिक लिने गर्छन् । सिङ्गापुर संसारमा कम भ्रष्टाचार हुने मुलुकमा पर्छ । लोङ्गको तलब रसियाका राष्ट्रपति भलादिमिर पुटिनको भन्दा झण्डै १२ गुणा धेरै हो । यो देश संसारको सबैभन्दा महँगो देशको रूपमा पचिरित छ ।

वार्षिक वेतन : $ 1,610,000 ( रु १८ करोड ३ लाख ) कार्यालय समय: सन् २००४ – हाल सम्मप्रति व्यक्ति आय/ जीडीपी: $ 86,810 ( रु ९७ लाख ११ हजार )

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार