logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अमेरिकाले इरान विरुद्ध थप प्रतिबन्ध लगाउने


  • राजनीति
  • आइतबार, असार ८ २०७६

अमेरिकाले इरानविरुद्ध थप प्रतिबन्ध लगाउने भएको छ।

बीबीसीका अनुसार इरानले पारमाणविक क्रियाकलापमा आफूलाई नसुधारेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महत्वपूर्ण विषयमा थप प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्।

राष्ट्रपति ट्रम्पले तेहरानको नेतृत्व परिवर्तन नभएसम्म आर्थिक दबाब जारी राख्ने पनि बताएका छन्।

अन्तर्राष्ट्रिय स्तरमा लगाइएको प्रतिबन्धको सीमा तोड्दै इरानले परमाणु कार्यक्रमलाई बढावा दिएको भन्दै अमेरिकाले यस्तो कदम चालेको बीबीसीले जनाएको छ।

सन् २०१५ मा विश्वका शक्तिशाली मुलुकबीच इरानको युरेनियम भण्डारण क्षमता सीमित बनाएर राख्ने सम्झौता भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार