logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

इरानमा ५.९ म्याग्नेच्युडको भूकम्प ५ को मृ’त्यु र १२० भन्दा बढी घाइते


  • एजेन्सी
  • शुक्रबार, कार्तिक २२ २०७६

इरानमा ५.९ म्याग्नेच्युडको भूकम्प जादाँ ५ जनाको मृ’त्यु र १२० जनाभन्दा बढी घाइते भएका छन्।

शुक्रबार स्थानीय समयअनुसार बिहान साढे २ बजे पूर्वी इरानको अजरबैजन प्रदेशस्थित हस्ट्रुड शहरबाट ६० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पले थुप्रै घर भत्केका छन् भने घरपालुवा जनावर पुरिएका छन्।

इरानको विपद् व्यवस्थापन विभागले उद्धार गर्न आठ वटा टोली खटाइसकेको जनाएको छ। ठूलो झड्कापछि पनि ४६ पटक परकम्प आएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसअघि सन् २०१७ मा इरानको केरमानशाह प्रदेशमा ७.३ म्याग्नेच्युडको भूकम्प जादाँ ६०० जनाले ज्या’न गु’माएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार