logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

इन्डोनेसियामा ७.१ रेक्टर स्केलको भूकम्प,सुनामी आउने चेतावनी


  • एजेन्सी
  • शुक्रबार, कार्तिक २९ २०७६

पोखरा- इन्डोनेसियाको मालुकु प्रान्तमा स्थानीय समयअनुसार शुक्रबार बिहान ७।१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिटर गहिराइमा थियो । मानवीय र भौतिक क्षतिको विवरण भने आइसकेको छैन ।

यो भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामी आउने चेतावनी जारी गर्दै मानिसहरुलाई समुद्र तटभन्दा टाढै रहन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार