सान डिएगोस्थित अमेरिकाकी जलसेनाको बेसमा रहेको सैन्य जहाजमा भएको वि’स्फोट र आगलागीमा २१ जना घा’इते भएका छन् । अमेरिकी जल सेनाका अधिकारीहरुका अनुसार घाइते हुनेमा १७ जना जहाजका कर्मचारी तथा ४ जना सर्वसाधारण रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
लेफ्टिनेन्ट कमान्डर प्याट्रिसिया क्रुजबर्गरका अनुसार ‘युएसएस बोनहोम रिचार्ड’ का घा’इते नौसेनाहरुको अवस्था सामान्य रहेको छ । अमेरिकी समयअनुसार आइतबार बिहान भएको आगलागीलाई नियन्त्रण गर्नका लागि विभिन्न अग्निनियन्त्रकहरु घटनास्थलमा पुगेका थिए ।
के कारणले आगलागी भयो भनेर अझै खुल्न नसकेको सीएनएनले जनाएको छ । तर, सुरुवाती जानकारी अनुसार जहाजको वेल डेकबाट यो आगलागी सुरु भएको हुनसक्ने अनुमान गरिएको छ । नौसेनाहरुले जहाज छाड्दै गर्दा विमानमा वि’स्फोट भएको सान डिएगोका अग्निनियन्त्रक प्रमुख कोलिन स्टोवेलले भने ।

आगलागी पछि नजिक रहेका दुईवटा जहाजलाई पर सारिएको सेनाले जनाएको छ । सेनाका अनुसार युएसएस बोनहोम रिचार्ड एउटा युद्धक जहाज हो । घटना हुँदा जहाजमा १६० जना रहेका थिए ।


