logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपालीको चर्काे बिराेधपछि बाेले सुधिर सगरमाथा नेपालकै हाे


  • राजनीति
  • बिहिबार, माघ १ २०७७

भारतीय टीभी च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथासम्बन्धी प्रसारित सामग्रीमा आफूले भनेको आशय नेपाली मिडियाले बंग्याएको भन्दै त्यसलाई प्रस्ट्याएका छन्। जी न्युजमा प्रसारित उनको रिपोर्ट नेपालमा भाइरल भएपछि बुधबार भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘सगरमाथामाथि भारतको दाबी मैले भनेको होइन। र, कदापि त्यो भन्दिनँ। सगरमाथा नेपालको हो। नेपालकै रहनेछ। यसको भूगोल कसैले बदल्न सक्दैन।’

चौधरीले माउन्ट एभरेस्टको नाम बदल्ने जी न्युजको अभियानलाई सगरमाथामाथि दाबी गरेको भनी गलत ढंगले विश्लेषण गरिएको बताएका छन्। ‘हामी यति मात्र मागिरहेका छौं, सगरमाथाको पहिलोपल्ट उचाइ नाप्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई यसको श्रेय मिल्नुपर्‍यो। हामी नेपाल र नेपालीबाट केही खोस्न चाहन्नौं। जसरी नेपालीले सर्वोच्च शिखरलाई माउन्ट एभरेस्ट भन्दैनन् (सगरमाथा भन्छन्), यसरी नै भारतीयले पनि यसलाई माउन्ट सिकदर भन्न पाउनुपर्‍यो’, उनको भनाइ छ, ‘नेपाल र संसारका जनताले यसलाई स्वीकार गर्नुभयो भने त्यो उहाँहरूको महानता हुनेछ।’

अंग्रेजकालमा जानीबुझी भएको गल्ती आफूहरूले सच्याउन मात्र चाहेको उनको भनाइ छ। ‘हामी नेपाली दर्शक र नेपालका दाजुभाइ, दिदीबहिनीसँग भन्न चाहन्छौं, नेपाल र भारतबीच राम–लक्ष्मणजस्तो सम्बन्ध छ। यो सदा रहन्छ’, उनले भनेका छन्, ‘माउन्ट एभरेस्ट नेपालमा छ, यसलाई कसैले इन्कार गर्न सक्दैन। म नेपालका दर्शक र नेपाली नागरिकलाई दुःखी तुल्याउन चाहन्न। मेरो इरादा पनि त्यो होइन। नेपाल र भारतका जनताबीच कहिल्यै समस्या आउनु हुँदैन। हामी कुनै समस्या र पर्खाल आउन दिने छैनौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार