logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माेराेक्काे काे भुकम्पमा परी मृत्युु हुनेकाे संख्या ८२० पुग्याे, अझै बढ्नसक्ने


  • राजनीति
  • शनिबार, भाद्र २३ २०८०

माेराेक्काेमा शुक्रबार बिहानै गएको भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स रहेको थियो जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ। यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ।

स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको थियो। त्यसको १९ मिनेटपछिको परकम्प ४.९ म्याग्निट्यूडको मापन गरिएको छ। माराकेस र त्यहाँबाट दक्षिणका क्षेत्रमा मानिसहरूले ज्यान गुमाएका बताइएको छ। भूकम्पले ८२० जनाको ज्यान लिएको र सयौँ घाइतेहरूको उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्।

मोरोक्कोको प्रमुख मध्येको शहर माराकेशमा ठूलो क्षति भएको र कतिपय परिवार भग्नावशेषमा पुरिएका विवरण आएका छन्। उक्त शहरमा अवस्थित राष्ट्रसङ्घ सम्पदा सूचीमा परेको मेडिनाका केही हिस्सामा क्षति पुगेका जनाइएको छ।

सामाजिक सञ्जाल एक्समा राखिएका भिडिओमा भत्किएका भवनहरू, हल्लिरहेका घरहरू र चोकमा जम्मा भग्नावशेषहरू देख्न सकिन्छ। धुलोको मुस्लोहुँदै मानिसहरू हिँडिरहेको र केही मानिसहरू भागिरहेको पनि देख्न सकिन्छ।

माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएको एक जना स्थानीय बासिन्दाले रोयटर्स समाचार संस्थालाई बताएका छन्। सामाजिक सञ्जाल एक्सका कैयौँ क्लिपहरूमा भवनहरू भत्किरहेको देख्न सकिन्छ तर बीबीसीले ती कहाँका भवनहरू हुन भन्ने पुष्टि गर्नसकेको छैन। शक्तिशाली परकम्प आउनसक्ने डरले मानिसहरूले आफ्ना घर बाहिर नै बस्ने निधो गरेका छन्।

उक्त ऐतिहासिक शहरका अर्का व्यक्तिले ‘खतरनाक कम्पन’महसुस गरेको र घरहरू हल्लिएको देखेको बताए। “मानिसहरू डराएका र स्तब्ध भएका थिए। बच्चाहरू रोइरहेका थिए र अभिभावकहरू तनावमा थिए,” अब्देलहक एल एमारानीले एएफपी समाचार संस्थासँग भने। उनका अनुसार बिजुली र फोन लाइन १० मिनेटसम्म कटेको थियो।

एएफपी समाचार संस्थाले एउटा परिवार भग्नावशेषमुनि पुरिएको भन्दै कैयौँ मानिसहरूलाई अस्पताल लगिएको जनाएको छ । भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्सको दुर्गम क्षेत्रमा भएको भएपनि कम्पनहरू राजधानी रुबात अनि कासाब्लाङ्का र सुइरासम्म महसुस गरिएका थिए।

भूकम्पको केन्द्रबिन्दु नजिकैका स्थानमा भवनहरू सग्लो नरहेको हुनसक्ने आशङ्का गरिएको छ। उक्त दुर्गम स्थानबाट क्षतिका विवरणहरू आउन समय लाग्नसक्ने ठानिएको छ।
बिबिसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार