logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रतिलिटर दुधमा १० रुपैया बढाउन किसानहरुकाे माग


  • पत्रपत्रिका
  • आइतबार, भाद्र १५ २०७६

दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले पत्रकार सम्मेलन गरी दूधको मुल्य बढाउन माग गरेको हो ।

विगत तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग गरेको हो ।

आफूहरुको उत्पादन लागतमा विगत तीन वर्षयता ३० प्रतिशतभन्दा बढी मुल्यबृद्धि भएको जनाउँदै दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने उनीहरुको माग छ ।

यो समाचार कारोबार दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार