राजनीति
सत्तारूढ दल नेकपाका युवा नेता तथा युवाहरुबिच लाेकप्रिय छवि बनाएका पुर्व विद्यार्थी नेता लेखनाथ न्याैपानेले सचिवालय बैकठमा पार्टीका महासचिव बिष्णु पाैडेलकाे ‘बर्थ डे’ सेलिब्रेसन प्रति चर्काे असन्तुष्टि जनाएका छन । नेकपा सचिवालय बैठकमै महासचिव विष्णु पौडेलको जन्मदिन मनाएका थिए ।
नेता न्याैपानेले सिंगो कम्युनिस्ट संस्कृतिमाथि र पहिचानकाे खिल्ली उडेकाे भन्दै सामाजिक सन्जाल फेसबुकमा लेदेका छन्
‘यस्ता बिषय ब्यक्तिगत हुनै सक्दैन, अझ राजकीय जिम्मामा रहेका नामकै सही कम्युनिस्ट पार्टीका शीर्ष नेता (कोर अफ द लिडर) हरूको बिचमा ।
यस्तै उनले अगाडि लेखेका छन् ‘यो कम्युनिस्ट संस्कृतिसँग जोडिएको गम्भीर बिषय हो, जुन तस्बीरहरूले कम्युनिस्ट संस्कृति र पहिचानमाथि खिसिट्युरी गरेको छ’ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक सुरु हुनुअघि पौडेलको जन्मदिन केक काटेर बर्थ डे सेलिब्रेसन भएको थियाे ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकको सुरुमै केक काटेर महासचिव पौडेललाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालय सदस्यले शुभकामना दिए ।
बैठकमा सहभागी अध्यक्षद्वय ओली, प्रचण्डसहितका नेताले केक खुवाएर जन्मदिनको शुभकामना दिएका हुन् ।
हेर्नुस् स्टाटस
यस्ता बिषय ब्यक्तिगत हुनै सक्दैन, अझ राजकीय जिम्मामा रहेका नामकै सही कम्युनिस्ट पार्टीका शीर्ष नेता (कोर अफ द लिडर) हरूको बिचमा । यो कम्युनिस्ट संस्कृतिसँग जोडिएको गम्भीर बिषय हो, जुन तस्बीरहरूले कम्युनिस्ट संस्कृति र पहिचानमाथि खिसिट्युरी गरेको छ ।