logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सत्तामा दलालको जालो … मिचियो की बेचियो !


  • हरि ढकाल
  • शुक्रबार, कार्तिक २२ २०७६

नक्सासँग पद र कुर्ची, साट्न छोड अब !
कती जमिन हराइसक्यो, हिसाब जोड अब !!

पार्टिभन्दा माथी उठ, देशको झन्डा बोक !
सिमानामा तारबार लगाउ, दुस्मन परै रोक् !!

गाउगाउ बाट सोझा जनता, उठिसके राको बाल्दै !
तेही ठाउ हो लखेटेको, दुस्मनको शिर ढाल्दै !!

कुट्नैतिक कदम चाल, खुट्टा नकमाउ !
प्रलोभन आउन सक्छ, थैलो नसमाउ !!

भौतिक शरिर ठुलो हैन, कर्म हुन्छ ठुलो !
बीस्तारबाद छिर्ने सबै, बन्द गर दुलो !!

सरकार भित्रै जेलियो कि, एजेन्टहरुको जालो !
मिचियो कि बेचियो, सन्कै लाग्न थाल्यो !!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार