logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कथा कमरेडको !


  • मणि काफ्ले
  • मंगलबार, मंसिर १७ २०७६

घोर अन्धकारको
भयानक ठूलो उपाशना पछि
कमरेड महाराजलाई
प्राप्त भएको असिम शान्ती
परम ज्ञान
ज्ञानको ज्योती
एकदम असामान्य हुनेछ ।

घोडामा सवार नकचरो समयलाई
पछारेर झारिने छ

कैद गरिने छ
कामरेड्का दस्ताबेजहरुमा
टक्क रोकिने छ
ब्रह्माण्ड र
कामरेडको
गो
जि
मा
बस्नेछ आफै
एकाएक
मानिसहरु सुखी बन्नेछन
सम्पुर्ण साम्राज्यमा फैलनेछ
सम्पन्नताको डढेलो
त्यसैले जलाउनेछ सबै अज्ञान
अग्निले खाण्डव दाह गरेझै
कसैलाई उम्कन नदिइ बनाइनेछ भस्म
लाचार अर्जुन त्यसबेला गाण्डिव नचलाएरै वीर हुनेछ

बाईपन्खी घोडामा चढेर
स्वयं कार्ल मार्क्स
आइपुग्नेछन
कामरेडको ढोकामा र
भन्नेछ्न
May I come in?
मुस्कुराउनेछ कमरेड
भलाकुसारी
अतिथी सत्कार
सकिएपछी सबै
बिदा हुनु अघि
कामरेड ले भन्न बिर्सने छैन
कार्ल मार्क्सलाई
“कामरेड जानू अघि
पशुपतिको दर्शन गरेर जानुस”

घुमाउनेछ कामरेडले मार्क्सलाई
पशुपतिको मन्दिर
जहाँ हुनेछ
नाङ्गाबाबाको एकल सान्स्कृतिक झाकी
झस्किएका कार्ल मार्क्सको पिठ्युँमा धाप मार्दै
भन्नेछ कामरेडले
देख्नुभो
सर्बहारा सास्कृतिक क्रान्ती ?
लाजले पानी पानी हुनेछन मार्क्स
र भन्नेछ
अर्को das capital मा
म शिवजिको महिमा अवस्य लेखुला

बल्ल आत्मसन्तुष्टि देखिनेछ
कामरेडको अनुहारमा

उज्यालो उज्यालो उज्यालो
फैलनेछ सर्बत्र
सबै दिशामा
कामरेडको अनुहारको आभा फैलनेछ।

यो कथा
कुन शताब्दिमा लेखियो ? 

यो कविता हामीले उहाको फेसबुक बाट साभार गरेका हौं !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार