logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कपनमा दुई ग्रुपबिच हानाहान १ जनाकाे मृत्यु


  • राजनीति
  • बुधबार, भाद्र १८ २०७६

काठमाडौंको कपनमा ग्याङ फाइट हुँदा एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खोटाङको बाराहापोखरीका १८ वर्षीय सञ्जय राई रहेके प्रहरीले जनाएको छ। मंगलबार राति ९ बजे कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ युवा पक्राउलाई प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन्।

दुबै जनालाई बुधबार बिहान कपनको सरस्वती नगरबाछपक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता बोगटीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार