राज्यको ब्यवस्था प्रती असमत हुदै ४० बुद्दे माग राखेर तत्कालीन नेकपा (माओवादी) जनयु’द्ध सुरुवात गरेको थियो । ०५२ साल फागुन १ गते बाट जनयु’द्धको संखघोष गरेको माओवादीले जव जव जनताको माझमा लोकप्रियता हासिल गर्दै गएको थियो । तत्कालीन राज्य झन झन द’मनको रणनीति सहित अगाडी बढेको थियो ।
क्रा’न्तिको खिलापमा यति सम्म भयो की जनयु’द्धको नेतृत्व पंक्ति देखी एक स्तरका नेताहरु समेतको टाउकाको मूल्य तोकिएको थियो । जसमा ३५ हजार रुपैयाँदेखि ५० लाखसम्म तोकेका पाइन्छ । जनयु’द्ध सुरु हुनुपूर्व नै राज्यविरु’द्धमा लागेको आ’रोपमा प्रशासनले अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई जहाँ भेट्यो त्यहीँ मा’र्ने आदेशसहित टाउकाको मूल्य ३५ हजार रुपैयाँ तोकेको थियो ।
तत्कालीन गृह मन्त्रालयले गोरखापत्रमा २०५९ बैशाख १२ गते सूचना प्रकाशीत गरेर माओवादीका नेताको टाउकाको मूल्य तोकेको थियो । उक्त सूचनामा यस्तो लेखिएको थियो ।
आ’तंककारीका मुख्य नाइकेहरु डा.बाबुराम भट्टराई, पुष्पकमल दाहाल (प्रचण्ड) र मोहन वैद्य (किरण) लाई पक्राउ गर्ने वा नियन्त्रणमा जीवित वा मृ’त रुपमा सुरक्षाकर्मीलाई बुझाउने व्यक्तिलाई पुरस्कार स्वरुप रु. ५० लाख दिने । यस्तो कार्यका लागि सुराक दिई पक्राउ परेमा सुराक दिनेलाई सो रकमको पचास प्रतिशत उपलब्ध गराउने ।
आ’तंककारीका नाइकेहरु पोष्टबहादुर बोगटी, नन्दकिशोर पुन, कृष्णबहादुर महरा, सिपी गजुरेल र नीजको स्तरका व्यक्तिहरुलाई पक्राउ गर्ने वा नियन्त्रणमा लिई जीवितै वा मृ’त रुपमा सुरक्षाकर्मीलाई बुझाउने व्यक्तिलाई रु. ५० लाख दिने । यस्तो कार्यका लागि सुराक दिई प’क्राउ परेमा सुराक दिनेलाई सो रकमको पचास प्रतिशत उपलब्ध गराउने ।
कथित सेन्ट्रल कमिटिका सदस्यलाई पक्राउ गर्ने वा नियन्त्रणमा लिई जीवितै वा मृ’त रुपमा सुरक्षाकर्मीलाई बुझाउने व्यक्तिलाई रु. २५ लाख दिने
त्यती बेला झण्डै ४ दर्जन नेताको टाउकाको मूल्य २५ लाखभन्दा माथि तोकिएको थियो । हति’यार सहित आत्मसमर्पण गर्नेलाई पनि पुरस्कारको व्यवस्था गरिएको सूचना सबै तिर ब्यापक प्रचार गरिएको थियो ।
भीषण जनयु’द्धमा रहेको तत्कालिन माओवादी नेताहरुको टाउकाको मूल्य तोक्नेहरु तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खुमबहादर खड्का र गृह राज्यमन्त्री देवेन्द्रराज कँडेल हुन् । २०५४ मा तत्कालीन एमाले नेताहरुले पूर्वपञ्चहरुसँग मिलेर माओवादीलाई आ’तंककारी घोषित गरेका थिए ।