राजनीति
जनयु’द्धको पहिलो योजनापछि नै बादल कार’बाहीमा परे । पार्टीमा यो एउटा दुर्घ’टनाको चोटजस्तो भयो । पार्टीमा एकखालको स्तब्धता पनि छायो । कारण के भयो भने जनयु’द्धको रापताप, पार्टीमा क्रा’न्तिकारीहरूको उमङ्गमय विकास राज्यमाथि बढ्दै गएको थियो । केही गम्भीरखालका ह’त्याकाण्ड राज्यले चलाइसकेको थियो ।
प्रचण्ड(बाबुरामहरू पहिले नै भारत पसिसकेका थिए । त्यही क्रममा बादललाई पनि भारतमा सर्न भनियो । बादल भारतमा गए । उनीसँगै पम्फा पनि भारतमा गइन् । विदेशको एकान्त बसउठ र खानपानसँगै बादल–पम्फाको प्रेम झाङ्गियो । ल’सपस बाक्लिँदै जाँदा ‘प्रेम’ यौ’न–सम्बन्धमा बदलियो । नेपालमा लडाइँ चलिरहँदा उनीहरूले भारतको ‘भानिराम होटेल’ मा म’स्ती गरे भन्ने प्रचार आयो ।
सुरुमा उनीहरूले स्वीकार गरेनन् तर पछि प्रचण्डले अनेक दाउ लगाएर ग’लाए र स्वीकार्न लगाए । त्यसपछि बादललाई कार’बाही भयो र उनीबारे अनेकौँ कथा बुनिन थालियो । का’रबाहीपछि प्रस्तुत राजनीतिक प्रस्तावमा बादल मा’ओ र पम्फा चियाङ चिङ हुन खोजेको प्रचण्ड कालको मुखबाट बँचेर आएको, यो यौ’नकाण्ड नभएर राजनीतिक षड्’यन्त्र भएको, त्यो केन्द्र कब्जा गर्ने उद्देश्यबाट प्रेरित रहेको भन्दै बादललाई ‘लिनप्याओ’वादी’ भएको आ’रोप थोपरियो ।
प्रचण्डले आफ्नो प्रस्तावमा यो काण्डबारे लेखे(पहिलो कुरा, सुरुमा उहाँहरूको बीचमा प्रेम र यौ’न–सम्बन्धको विकास क्षणिक उत्तेजनामा आएर अथवा एक–अर्कोबारे जानकारीको अभावमा होइन, पर्याप्त छलफलपश्चात् जानीबुझी एक निश्चित मान्यताको आधारमा भएको छ । ‘ त्यसप्रकारको ग’लत सैद्धान्तिक मान्यताका आधारमा शारी’रिक सम्बन्ध कायम गरिसकेपछि त्यसलाई पार्टीबाट ‘भू’मिगत’ राखेर जाने जुन कार्य भयो त्यसले उहाँहरूमा विद्यमान अनुशासनविहीन एवम् च’रम व्यक्तिवादी अहङ्कारलाई अभिव्यक्त गर्दछ । ‘
वास्तविकता स्वीकार गरिसकेर पुनः लुकाउने र नेतृत्वका वि’रुद्ध स’ङ्घर्ष गर्ने जुन कसरत आगडि आयो, त्यसले वस्तुतः राजनीतिक एवम् सङ्गठनात्मक रूपले उहाँहरूमा विद्यमान अराजकतावादी–व्यक्तिवादी एवम् ष’ड्यन्त्रमूलक शैलीको ग’म्भीर कमजोरीलाई स्पष्ट गर्दछ । ‘
समग्र पक्षलाई विचार गर्दा यो घट’नाक्रममा अभिव्यक्त उहाँहरूको चिन्तन र कार्यशैली लिनप्याओ’वादी प्रवृत्तितिर उन्मुख भएको कुरा स्पष्ट छ जसमा मुख्यतः बादलको चिन्तन र कार्यशैली लिनप्याओ’वादी प्रवृत्तितिर उन्मुख भएको कुरा स्पष्ट हुन्छ’, ९नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रा’न्तिका ऐतिहासिक दस्तावेजहरू, ग्रन्थ १, पृ। ३९३०

(विप्लवको पुस्तक ‘महा*पतन’को एक अंश)