राजनीति
प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा राेल्पाले प्रहरी दमन नियमित रहे चुप लागेर बस्न नसकिने चेतावनी दिएकाे छ । शनिबार अवेर राेल्पा जिल्ला सेक्रेटरी सन्ताेष सुवेदी ‘प्रयास’ ले एक प्रेस बिज्ञप्ती जारी गर्दै अनावश्यक दमन बन्द गरेर प्रहरीलाई आफ्नाेे क्याम्पमा फर्किन अपिल गरेका छन् । उनले शासकहरु आफ्नो मिसन पुरा गर्ने नाममा जनतामाथि व्यापक धरपकड जनबिराेधी हर्कत मच्चाउन थालेकाे दावी गरेका छन्।
उनले बर्षमान पुनप्रति तिखाे प्रहार गर्दै भनेका छन् गणतन्त्रको नयाँ राजारानी बनेर नबधनाड्य तथा मतियार बर्षमान पुनकाे ठाडाे निर्देशनमा राेल्पालीहरुमाथि दमन भएको आराेप लगाएका छन्। पुन कै निर्देशनमा राेल्पा जिल्ला जनसरकार प्रमुख लाल बहादुर वलि सहित नेता कार्यकर्ता काे गिरफ्तारी भएको भन्दै राेल्पाली जनताकाे इतिहास नबिर्सिन समेत चेतावनी दिएका छन् ।
बिज्ञप्तीमा अगाडि भनिएको छ “बृय मिश्रित हाेलिवाइन खाएर सिके रावतलाई अंगालो हाल्नेहरु, कुनै बेला नेपाली सुरक्षाकर्मिलाइ बलात्कारी भन्नेहरु,आज क्रान्तिकारीहरुमाथि निर्मम दमन गरिरहेका छन्।उनिहरुकाे छिट्टै अवसान हुनेछ हेक्का रहाेस्।याे देशकाे कालापानी बेचेर खानेहरु लिपुलेख बेचेर खानेहरु लिम्पियाधुरा तिनकुर बेचेर खानेहरु देश बेचुवाहरु ले फेरि राेल्पाममथि गिद्वेनजर लगाउदै दमनमा उत्रियका छन् हामी कति सहन सक्छाै शासकहरुलाइ भन्न चाहान्छाै हाम्राेे धर्यताकाे बाध टुटे सुनामिकाे सामना गर्नु पर्ला ।”
पछिल्लो समय पार्टी माथि प्रतिबन्ध लागेसंगै नेकपा बिरुद्ध ओली सरकार व्यापक दमनमा उत्रियकाे छ । विप्लवकाे गृह जिल्ला तथा व्यापक पकड भएको राेल्पामा बिभिन्न निहुमा प्रहरीले अप्रेशन चलाउदै जनतामाथि अनावश्यक दुख दिने गरेकाे स्थानीयबासी बताउछन् ।
यस्ताे छ प्रेस बिज्ञप्ती
