राजनीति
बुटवल – नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र प्रदेश न ५ का मुख्य मन्त्री शंकर प्रोखेल बीच अैतवार भेटवार्ता भएको छ। मुख्यमन्त्री कार्यालय बुटवलमा भएको भेटवार्तामा
राजदूत मजहर जावेदले बुद्ध जन्मस्थल लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धास्थल भएको बताएका छन् ।
राजदूत जावेदले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाउने थलो लुम्बिनी र बुद्धका सन्देशहरु नै भएको बताए ।
उनले नेपाल र पाकिस्तान दुई देश बीच सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको जानकारी गराउँदै पाकिस्तानी नागरिकलाई लुम्बिनी भ्रमणको निम्ता दिए । उनले पाकिस्तानसंग सांस्कृतिक आदानप्रदान गर्न सकिने उल्लेख गर्दै लुम्बिनी सहित तराईका जिल्लाहरु विविध संस्कृति र ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको बताए ।