logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एक्लै देश अगाडी बढ्दैन सबै दललाइ लिएर जानुपर्छ : माधव कुमार नेपाल


  • रासस
  • शनिबार, बैशाख २८ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशलाई अघि बढाउन एक्लैले नसकिने हुँदा त्यसका लागि सबै राजनीतिक पार्टीलाई समेटेर लैजानुपर्ने बताएका छन् ।

आज सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको ठूलो पाखरस्थित ककलिङ हरिसिद्धि क्याम्पसको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले प्राविधिक शिक्षामा जोड दिनुपर्छ भने ।

सो अवसरमा प्रदेश नं ३ का वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले जिल्लालाई शैक्षिक क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा पनि अगाडि बढाउनुपर्ने बताए ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष शम्शेर शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले शैक्षिक क्षेत्रको सुधारको बारेमा धारणा राखेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार