logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भिम रावलकाेे आदेशमा हतियार सहितका भारतीय प्रहरी पक्राउ


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

पूर्वगृहमन्त्री तथा नेकपाका नेता भीम रावलकाे दबाबपछि हतियारसहित नेपाल आएका चार जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। अछाम जिल्लाको बान्नेगढी गाउँपालिका ४ बाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतीय किशोरीलाई भगाएर ल्याएको र किशोरी भगाउने नेपाली केटालाई पक्राउ गर्न भारतीय प्रहरी अछाम पुगेको जनाइएको छ । नेता रावलको गृहजिल्ला रहेको अछाम पुगेका भारतीय प्रहरीले नेपाली युवालाई पक्राउ गरेर लैजान लागेको खवर पाएपछि नेता रावलले गृहसचिवलाई फोन गरेर घटनाका बारेमा जानकारी मागेका थिए ।

भारतीय प्रहरी बर्दीमै अछाम पुगेकोबारे पूर्वगृहमन्त्रीसमेत रहेका रावलले कसको अनुमतिमा उनीहरु नेपाल आएको भन्दै गृहसचिवलाई सोधेका थिए । लगत्तै गृहसचिवले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार