logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सर्लाहीमा झडप एकको मृत्यु ११ घाइते यस्तो छ अवस्था


  • राजनीति
  • आइतबार, असार १५ २०७६

सर्लाहीको ईश्वरपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक बालकको ज्यान गएपछि स्थानीयले त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका थिए ।

शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको खाल्डोमा डुवेर मृत्यु भएको थियो । खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ति माग गर्दै स्थानीयले राजमार्ग अबरुद्ध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

झडपमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएपनि यो समाचार तयार पार्दासम्म उनको सनाखत हुन सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार